पहिरो

मौसमजन्य विपद्का लागि तयारी रहन एमाले अध्यक्ष ओलीको कार्यकर्तालाई निर्देशन

Banner

काठमाडौं, असार २०-

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मौसमजन्य विपद्का लागि तयारी रहन र नागरिकलाई सुसूचित गराउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

मनसुन सक्रिय रहँदा बाढी–पहिरोको जोखिम बढेको, यातायात अवरूद्ध हुन थालेको भन्दै पार्टीको विपद् व्यवस्थापन विभागलाई अध्यक्ष ओलीले ध्यानाकर्षण गराएका हुन्।

‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन्। पहिरोका कारण राजमार्गहरू अवरूद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ,’ उनले फेसबुक स्ट्याटसमार्फत् भनेका छन्, ‘त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्छु। हाम्रो पार्टीको विपद् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्छु।’

उनले बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गर्न पनि आग्रह गरेका छन्।

हेर्नुहोस् उनको फेसबुक स्टाटसः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>