राजनीति

कांग्रेसको नाममा खोलिएका सामाजिक सञ्जालका पेजलाई कानुनी दायरामा ल्याउने

Banner

काठमाडौं, असार १९-

नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलेका सामाजिक सञ्जालका पेजलाई कानुनी दायरामा ल्याउने भएको छ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलेका पेजलाई सम्पर्कमा आउन एक महिनाको समयसमेत दिएको छ।

सोमबार बसेको विभागको बैठकले एक महिनाभित्र सम्पर्कमा नआउने त्यस्ता पेजलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको विभाग प्रमुख मीनबहादुर विश्वकर्माको भनाइ छ।

प्रचार विभागले आफ्नै वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल पनि सञ्चालन गर्ने भएको छ।

‘हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजलाई आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने निर्णय भएको छ,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>