चितवन विशेष

नारायणगढ–मुग्लिन अपडेट: घाइते ट्रक चालकको हाइवे अस्पतालमा उपचार हुँदै

Banner

चितवन, असार १८–

नारायणगढ–मुग्लिन सडकको तुइन खोला नजिक आज बिहान खसेको पहिरोले ट्रकलाई पल्टाउँदा घाइते भएका ट्रक चालकको मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको छ ।

ना ६ ख ७१० नम्बरको कण्टेनर (डिब्ब) ट्रक पल्टिदा पर्सा बिरगंज बस्ने वर्स ३५ को राम पुकार मध्यम घाइते भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

घाइतेलाई प्रहरीले आफ्नै गाडीमा राखेर अस्पताल पु¥याएको हो । आज बिहान करिब १ः५० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला पुल नजिक पहिरो खसेको थियो । दुईतर्फी नै अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको पण्डितले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>