राजनीति
बेइमानहरूका लागि रास्वपाको ढोका खुला छैनः सभापति लामिछाने

काठमाडौं,असार १७-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन् । आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी प्रवेश गर्नेहरू धेरै भए पनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए ।
केही स्वार्थीहरू पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरूलाई पार्टीमा स्थान नरहेको उनको भनाइ छ ।स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरूलाई पार्टीले नियालिरहेको उनले बताए । ‘केही स्वार्थ भएका साथीहरू चिहाउँदै हुनुहुन्छ, त्यो नदेखेको होइन, पार्टीले देखेको छ, तर चिन्ता गर्नुपर्दैन । पार्टी अर्काको कब्जामा मात्रै पर्ने भयो, हिजोको माओवादी, कांग्रेस एमाले जस्तै हुनेभयो भन्ने चिन्ता लिनुपर्दैन । यो पार्टीमा सहभागी हुन सबैलाई ढोका खुला छ तर इमान बोकेर आउने साथीहरुलाई मात्रै खुला हो, बेइमानी छातीमा बोकेर आउनेका लागि यो ढोका खुला छैन ।’



























