राजनीति
धेरैले भाग्यले प्रधानमन्त्री हुनुभएको भनेपनि देउवा योग्य भएर ५ पटक प्रधानमन्त्री हुनुभएको हो: मन्त्री साउद
०

काठमाडौँ, असार १७-
परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले शेरबहादुर देउवा योग्यताले नै पाँच–पाँच पटक प्रधानमन्त्री भएको बताएका छन् ।
कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आइतबार गरेको कार्यक्रममा बोल्दै मन्त्री साउदले भने, ‘‘धेरै मान्छेले भन्छन् –शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् । उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। चिठ्ठा परेर कोही ५ पटकसम्म प्रधानमन्त्री हुन्छ त ? शेरबहादुर देउवा योग्यताकै कारण प्रधानमन्त्री बन्नुभएको हो।’
उनले कांग्रेसको नेतृत्वले सबै पार्टीलाई सँगसँगै लैजान सक्ने दाबीसमेत गरेका थिए। ‘कांग्रेस सबैभन्दा भरपर्दो पार्टी हो,’ उनले दाबी गरे, ‘देशभित्रका र अन्तर्राष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न हामी सक्छौं।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























