चितवन विशेष

पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको सूची सार्वजनिक

Banner

काठमाडौं,असार १५-

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं २०७९ सालमा प्रकाशित तथा प्रतिष्ठानमा प्राप्त १८० पुस्तकहरूमध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा प्रेषित विज्ञप्तिमा निर्णायक समितिले प्रतिष्ठानलाई १५ पुस्तकको सिफारिस उपलब्ध गराएको उल्लेख छ । वि.सं.२०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरी प्रकाशित पुस्तकहरूमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिअनुसार अब दोस्रो चरणमा विस्तारित सूचीमध्येबाट उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने उल्लेख छ ।

सिफारिसमा परेका पुस्तक तथा तिनका लेखक निम्नानुसार छन्:
१. आतोओडा (जानुका खतिवडा)
२. इजोरिया (सुबिन भट्टराई)
३. ऐँठन (विवेक ओझा)
४. चिसो बाफ (गोपी सापकोटा)
५. थाङ्ग्रा (प्रगति राई)
६. पर्वतपर्वतमा बटुवा घाम (रमेश क्षितिज)
७. पानीघट्ट (सुरेश प्राञ्जली)
८. ब्रम्हास्त्र (शैलेन्द्र अधिकारी)
९. बाआमा (रामलाल जोशी)
१०. भग्न भैरव (प्रोल्लास सिन्धुलीय)
११. मनु (डा. देवीप्रसाद सुवेदी)
१२. मफलर (प्रदीप रोदन)
१३. यशोधरा (हरिबोल काफ्ले)
१४. शून्यको मूल्य (डा. नवराज केसी)
१५. सन्तापको (धून अशोक थापा)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>