देश/प्रदेश
पूर्वमेयर गिरीको मृत्यु दुर्घटनामा नभइ हत्या गरिएको भन्दै परिवारले दिए चालकविरूद्ध जाहेरी
०

स्याङ्जा, असार १०
स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीका परिवारले चालकविरूद्ध जाहेरी दिएका छन्।
गिरीको दुर्घटनामा परी मृत्यु भएको नभई उनको हत्या भएको र त्यसमा गाडीका चालकको संलग्नता रहेको भन्दै परिवारले चालक सुरज नेपालीविरूद्ध जाहेरी दिएका हुन् ।
आइतबार दिवंगत गिरीका भाई बलरामले जिल्ला प्रहरी कार्यालय स्याङ्जा पुगेर गाडीचालक नेपालीविरूद्ध जाहेरी दर्ता गरेको जानकारी दिए। पूर्वमेयर गिरीको यही असार २ गते गाडी दुर्घटनामा मृत्यु भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























