राजनीति

वायुसेवा निगममा कर्मचारी भर्ती गर्नु भनेको आमाको रगत खानु जस्तै हो, आज त्यस्तै भइरहेको छः योगेश भट्टराई

Banner

काठमाडौं, असार ८-

पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् ।

आर्थिक भारले थला पर्न लागेको निमगमा अहिलेका सरकार र मन्त्रीले कर्मचारी भर्ना गरिरहेको आरोप लगाउँदै उनले निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् ।

निजी क्षेत्रका विमान कम्पनीले १६ वटा जहाज उडाउँदा ११ सय कर्मचारीले भ्याउने गरेको तर निगमका ४ वटा जहाज उडाउन ३ हजार बढी कर्मचारी रहेको बताए ।

‘एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन,’ पूर्व पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘त्यसपछि सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन रु त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो रु जुन आमाको दुध आउँदैन । आमाको दुध चुसिराख्ने रु त्यो आमाको रगत चुसे जस्तै हो । नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो । आज त्यस्तै भइरहेको छ ।’

ग्राउण्ड ह्याण्डलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने उनले बताए । वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डलिङ भएको भन्दै हवाइ उडानबाट निगमलाई नाफा नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>