राजनीति
बाबुराम भट्टराईलाई एक्लै हिड्ने बानी परेको छः उपेन्द्र यादव
०

काठमाडौं, असार ७-
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलाई एक्लै हिँड्न बानी परेको टिप्पणी गरेका छन्। पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले चार दलीय समाजवादी मोर्चामा बाबुराम छुटेकोबारे भने, ‘उहाँलाई एक्लै हिँड्न बानी परेको छ। छुटेर पनि ठिकै भयो।’
उनले मोर्चालाई दिएको अवधारणालाई समर्थन गर्नेलाई बाटो खुला रहेको बताए।
उनले भने, ‘बाबुरामलाई हामीले समातेको पनि छैन। छाडेको पनि होइन। उहाँ मोर्चामा आएको कहिलेपनि देख्दिनँ। यो मोर्चा डेढ बर्षदेखि तयारी हुँदै आएको हो। उहाँको संलग्नता कहिलेपनि देखेको होइन। न हामीले समातेको हो न छाडको हो। छुट्नुभयो भने उहाँलाई थाहा होला।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























