राजनीति
एमालेले चाहे एक हप्तामा सरकार ढाल्न सक्छ: सचेतक बर्तौला
०

काठमाडौं, असार ६-
नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन्। बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्न सक्ने बताएका हुन् ।
‘यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन। यदी एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौं। यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो। भोलिपल्ट, अर्को एक दिनको लागि हो,’ उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























