Breaking News

वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

०
Banner

काठमाडौं ,कात्तिक १४ –

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।

भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी ३ अंकसहित दोस्रो र समान ३ अंकसहित चितवन तेस्रोमा उक्लिएको छ ।

आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ । वर्षा रोकिएमा ५/५ ओभरको भएपनि खेल गराउने क्यानले जनाएको छ ।

एकमा हार र एकमा जित निकालेको सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।

हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>