देश/प्रदेश
भारतले नेपाललाई मित्रघात गरेर पछाडिबाट छुरा हान्दैछः प्रेम सुवाल
०

काठमाडौं, असार ६-
नेमकिपाका सांसद प्रेम सुवालले भारतले नेपाललाई मित्रघात गरेर पछाडिबाट छुरा हान्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोक्दै उनले अहिले भारतले नेपाललाई पनि मित्रघात गर्दै पछाडिबाट छुरा हानिरहेको टिप्पणी व्यक्त गरेका हुन् ।
सांसद सुवालले भने, ‘प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत मत प्राप्त नगरेकालाई राष्ट्रिय मान्यता नहुने ? प्रजातन्त्रको लागि लड्दा फोन गरेर सात दलमा चार दलमा आउनुपर्यो सडकमा भन्ने । अहिले सिंहदरबार कब्जा गर्ने बेलामा तपाईंहरुको तीन प्रतिशत मत छैन के काम ? यो हो मित्रलाई घात गर्ने ? अहिले भारतले नेपाललाई त्यही गरेको हो पछाडिबाट छुरा हान्ने । सरकारमा जाने पार्टीहरुले पनि त्यही गर्दैछ । मित्रघात गर्नेहरु राम्रोसँग मर्न पनि सक्दैनन् । विचार गर्नुहोला ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























