राजनीति
प्रचण्डलाई लक्षित गर्दै बाबुरामले लेखे- विचार कसैले मार्न खोज्दैमा मर्छ र ?

काठमाडौं, असार ६-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा चार दलको मोर्चा घोषणा भएपछि भएको छ । मोर्चा घोषणा भएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको अवधारणा आफ्नो भएको दाबी गरेका छन्।
उनले ट्विटरमा लेखेका छन्, ‘पहिलो, नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिन्ह नै नदिनु ! दोस्रो, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु !’
प्रचण्डलाई लक्षित गर्दै यो मोर्चा आकस्मिकतामा घोषणा भएको हो ? भन्दै प्रश्न गरे। उनले विचार मार्न खोजेर नमर्ने तर्क गरे।
उनले भनेका छन्, ‘तेस्रो, दुई वर्ष अघिदेखि समाजवादी केन्द्र/मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु १ के यो सबै आकस्मिकता हो ? कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए ? विचार कसैले मार्न खोज्दैमा मर्छ र ?’



























