देश/प्रदेश

हवाई इन्धनको मुल्य घट्दा, आन्तरिक उडानतर्फको भाडादर घट्ने

०
Banner

काठमाडौं, असार ५-

नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएको छ। निगमले मंगलबार विज्ञप्ति जारी गर्दै आन्तरिक र बाह्य हवाई इन्धनको भाउ घटाएको हो । जुन नयाँ मुल्य
मंगलबार राति १२ बजेदेखिनै लागू भएको छ ।

हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुने गरी आन्तरिक उडानतर्फको भाडादर घटाउने बताएको छ।

मंगलबार आफ्नो ट्विटर ह्यान्डल मार्फत प्राधिकरणले भनेको छ, ‘नेपाल आयल निगमले हवाई इन्धनको भाउ कम गरेसँगै बुधबारदेखि सबै आन्तरिक हवाई उडानको भाडादर कम गर्ने निर्णय भएको छ।’

रातिदेखि लागुहनेगरी निगमका आन्तरिकमा हवाई इन्धन प्रतिलिटर १० रूपैयाँ घटाइएपछि प्रतिलिटर १५० रूपैयाँ तोकिएको छ । त्यस्तै बाह्यमा प्रतिकिलोलिटर २ सय डलर (प्रतिलिटर करिब २६ रूपैयाँ) घटाइएपछि प्रतिकिलोलिटर १ हजार १५० डलर (प्रतिलिटर करिब १५१ रूपैयाँ) पर्नेछ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>