चितवन विशेष
संसद्मा हरि ढकालले भनेः आँखै अगाडि बेथिति देख्दा लज्जाबोध हुन्छ
०

चितवन, असार ५-
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद् भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्तासमेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताए । ‘संसद् सचिवालयका कर्मचारीहरूको खाजा भत्ता छ । मर्यादापालक दाजुभाइ दिदीबहिनीहरू १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ । उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन,उनले भने, यो यहीभित्र विभेद भएको छ । आँखा अगाडिको यो बेथिति हेरिरहँदा लज्जाबोध हुन्छ । ’
संघीय संसद् सचिवालयको छानो टाल्न आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएको भन्दै छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग उनले माग गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























