सुदूरपश्चिम

धनगढीमा भारतीय चलचित्र ‘आदिपुरुष’को शो प्रदर्शनीमा रोक

Banner

धनगढी,असार ४-

देशव्यापी रुपमा हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश भएको विवादित डायलगको चर्को आलोचना भईरहेको बेला धनगढीमा पनि शो प्रदर्शनीमा रोक लगाइएको छ।

धनगढीमा रहेको एसटिएस सिनेमा हलले ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाएको हो। एसटिएस सिनेमा हलले सोमबारदेखि स्वस्फूर्त रुपमा ‘आदिपुरुष’को प्रदर्शमा रोक लगाउने निर्णय गरेको हो। फिल्लमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन’ भन्ने डायलगले नेपालको राष्ट्रियता र सांस्कृतिक एकतामाथि प्रहार गरेको भन्दै सोमबारदेखि ‘आदिपुरुष’को सम्पूर्ण शो रोकेको एसटिएस सिनेमाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>