राजनीति
ज्यानमुद्दा फिर्ताविरुद्ध धर्ना बसेका उपप्राध्यापक चलाउनेलाई प्रहरीले पक्राउ गर्यो
०

काठमाडौं,असार ४-
आफूलाई आक्रमण गर्नेहरुविरुद्धको ज्यानमुद्दा सरकारले फिर्ता गरेपछि जिल्ला अदालत, काठमाडौंमा धर्ना बस्न गएका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन्। सरकारले आइतबार चलाउनेमाथी आक्रमण गर्ने नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्धको मुद्धा फिर्ता गर्ने निर्णय गरेको थियो।
सोमबार उपप्राध्यापकसहित केही जिल्ला अदालत अगाडी धर्ना बसेका थिए। उपप्राध्यापक चलाउनेले आफूले सत्याग्रह थालेको घोषणासमेत गरेका छन्। धर्ना विथोल्दै प्रहरीले चलाउनेसहित केहीलाइ नियन्त्रणमा लिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























