देश/प्रदेश
डिभाइडरमा ठोक्किएपछि स्कूल बसमा लाग्यो आगो
०

जनकपुरधाम, असार ४-
सिरहामा एक नीजि विद्यालयको बसमा आगो लागेको छ । पूर्व(पश्चिम राजमार्ग निर्माणमा गरिएको लापरबाहीका कारण सिरहाको लहान नगरपालिका ३ स्थित विद्यार्थी लिन गएको बा १ क २४४९ नम्बरको पारागन बोर्डिंग स्कूलको बसमा आगो लागेको हो ।
आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन्, ड्राइभर कुदेर ज्यान जोगाए ।
स्कूल सञ्चालक उमेश चौधरीका अनुसार निर्माणाधीन राजमार्गको ठाउँ ठाउँमा डिभाइडर राखिएको छ । उक्त डिभाइडरमा बसको डिजट ड्यांकर ठोक्किदा आगो लागेको थियो । राजमार्ग निर्माणको ठेक्का लिएको चाइनिज कम्पनीको लापरबाहीले बसमा आगो लागेको उनको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























