चितवन विशेष

पुलचोक–गोन्द्राङ सडकको काम ८५ प्रतिशत सकियो

Banner

चितवन, असार ४–

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ छ लेन सडक विस्तारको काम ८५ प्रतिशत सकिएको छ । ६.०८ किमी लामो यो सडक खण्ड विस्तारको १५ प्रतिशत मात्रै काम बाँकी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

आगामी मंसिरभित्र निर्माण सम्पन्न हुने गरी सडक विस्तारको काम भईरहेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यस सडकको शिलान्यास गरेका थिए ।

सडक विस्तारको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको हो । एक अर्ब १२ करोड रुपैयाँ लागतमा सडक विस्तार हुन लागेको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>