देश/प्रदेश
धरानका मेयर हर्कराज राई चितवन आउन नभ्याउने
०

चितवन, असार ४–
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई चितवन आउन नभ्याउने भएका छन् । भोलि (मंगलबार) हुन लागेको रामनगर खानेपानीको उद्घाटन कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीले राईलाई निमन्त्रणा गरेको थियो ।
रास्वपा सभापति एवम् चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेको पहलमा जनश्रम जुटाएर जुगेडीमाथिको खोलाबाट रामनगरसम्म खानेपानी ल्याइएको हो । राईले पनि जनश्रमदान जुटाएरै धरानबासीलाई खानेपानी उपलब्ध गराएकाले रास्वपाले उनलाई निमन्त्रणा गरेको थियो ।
आफु अति नै व्यस्त भएकाले चितवन आउन नसकेको राईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘अति धेरै व्यस्तता र प्रतिकुल परिस्थितिका कारण म चितवन आउन नसक्ने परें । सो सरी गाइज ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























