राजनीति

नयाँ ब्रोकरले भेटे एमाले अध्यक्ष ओली

Banner

काठमाडौं, असार ३- 

नयाँ ब्रोकरहरूको एसोसिएसनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार भेटेर ज्ञापनपत्र बुझाएको छ।  गत जेठ २९ गते संसदको अर्थ समितिको निर्देशनपछि कारोबार गर्ने तयारीमा रहेका नयाँ ब्रोकर कम्पनीहरूको बाँकी काम अवरुद्ध भएपछि सो ज्ञापनपत्र बुझाइएको हो।

उनीहरूले थपिएका ब्रोकर कम्पनी सञ्चालनको लागि आवश्यक प्रक्रियालाई सहजीकरण गरिदिन भन्दै ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्। धितोपत्र बोर्डले हालसम्म ४३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिइसकेको छ।

यसमध्ये १८ वटाले लाइसेन्स नै पाइसकेका छन्। लाइसेन्स पाएका ब्रोकर कम्पनीहरू अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सदस्यताको लागि आवेदन दिन पुगेका छन्।  संघिय संसदको अर्थ समितिको सोमबारको बैठकले ब्रोकर कम्पनी र नयाँ स्टक एक्सचेन्जको स्थापनाको काम कारबाही तत्काललाई रोक्न निर्देशन दिएको थियो।

एसोसिएसनका अध्यक्ष तथा हिमालयन ब्रोकेजका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको समूहले उक्त ज्ञापनपत्र बुझाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>