समाचार
पोखराको गण्डकी अस्पतालबाट किसन घर्ती बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
०

पोखरा, कार्तिक १४-
पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत किसन घर्ती अस्पतालबाटै बेपत्ता भएका छन् ।
बरेङ गाउँपालिका १ स्थित कोपल्दिप स्थायी घर भएका घर्ती उपचारको क्रममा कात्तिक १२ गते राति करिब १ बजे अस्पतालबाट बाहिरीएका बताइएको छ । उनका आफन्तका अनुसार उपचारको क्रममा रहेका घर्ती कुरुवा सुतिरहेको अवस्थामा एक्कासि अस्पतालबाट बाहिरीएका थिए । त्यसयता उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् । घर्ती बेपत्ता भएपछि परिवार तथा आफन्तले उनको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेका छन् । उनलाई कसैले कहीँकतै देखेमा वा भेटेमा नजिकैको प्रहरी चौकीमा जानकारी गराउन वा ९८४९८२६५३९ नम्बरमा तत्काल सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ । परिवारले उनको सुरक्षित खोजी तथा घर फर्काउन सबैको सहयोगको अपेक्षा गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>





















