राजनीति

मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्वराजा भनेको छैनः शेखर कोइराला

Banner

काठमाडौँ,असार २- 

नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्व राजा नभनेको बताएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिएका हुन् । उनले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालवाट साझा गरेका छन् ।

‘कांग्रेस नेता डा. शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– ‘म राजालाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि। मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् – ती हुन् ‘राजा ।’

उनले अझ अगाडी लेखेका छन, ‘मैले सोधेँ, तपाईको यो भनाइ म उद्दरण गर्न सक्छु, उहाँले भन्नुभयो– किन नसक्नु रु मैले सार्वजनिक रूप मै भनेको कुरा हो यो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>