राजनीति

सूर्य थापाको प्रश्न- बालुवाटारमा गठबन्धनका ठालु बैठक बसेर बजेट संशोधन गर्ने भए संसदमा यो नौटंकी किन ?

०
Banner

काठमाडौं, असार १-

नेकपा एमालेका सांसद सूर्य थापाले बालुवाटारमा गठबन्धनका ठालुहरुको बैठक बसेर बजेट संशोधन गर्ने कुरा स्वीकार्य नहुने बताएका छन्।

प्रतिनिधि सभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै बजेटमा ककसको असन्तुष्टि सम्बोधन गर्ने ? भन्दै प्रश्न गरे।

उनले भने, ‘यहाँ अर्थमन्त्रीले जवाफ दिनुभयो यहाँ प्रश्नउत्तर पनि भयो। तर, भोलिपल्ट बालुवाटारमा गठबन्धनको नाममा बैठक गरेर बजेट संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्ने ? क-कसका असन्तुष्टि सम्बोधन गर्ने ? बालुवाटारमा ठालुहरुले निर्णय गरेर संशोधन हुन्छ भने संसदमा यो नौटंकी किन गर्नुपर्यो ? ’

अर्थमन्त्री सदनमा जवाफ दिइसकेपछि बालुवाटारमा बैठक बसेर गर्न खोजिएको के होरु भन्दै आपत्ति जनाए।

उनले भने, ‘संविधान, कानुन, पद्धतिले के भन्छरु तर, बालुवाटार बैठकपछि केके बिषयमा संशोधन होरु अर्थतन्त्र सहमति जनाउनुभएको हो कि होइनरु गठबन्धनको नाममा संविधान विपरित काम गर्न पाइन्छ कि पाइदैन ? यो बिषय सोध्न चाहन्छु।’

उनले राजमार्गहरुको निर्धारित खण्ड छुट्याएर २४ सैं घण्टा नभएपनि उज्यालो अवधिभर काम गर्ने कसले रोकेको छरु भन्दै प्रश्न गरे। उनले भने, ‘बहुबर्षे ठेक्का लागेको छ। बजेट सुनिश्चित भएको छ। मदन भण्डारी राजमार्गका विभिन्न ठाउँका काम किन अगाडि बढ्न सकेका छैनन्रु ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>