फोटो फिचर

प्रतिकूल मौसमले ताप्लेजुङका हवाई उडान प्रभावित (तस्बिर)

०
Banner

ताप्लेजुङ,कात्तिक १४ –

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट देखिएको पाथीभरा डाँडा। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ का कारण बिहीबारदेखि ताप्लेजुङमा निरन्तर सामान्य वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। वर्षा र हिमपातसँगै जिल्लामा चिसो बढेको छ। प्रतिकूल मौसमका कारण ताप्लेजुङमा हवाई उडानसमेत प्रभावित भएको छ। बिहीबार र शनिबारका दुई उडान अवरुद्ध भएका हुँदा ताप्लेजुङबाट काठमाडौँ जाने १५ जना र काठमाडौँबाट ताप्लेजुङ आउने १२ जना यात्रु प्रभावित भएका छन्।

तस्बिरः दिलकुमार लिम्बू/नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>