देश/प्रदेश
अस्थिरताविरूद्ध मधेस प्रदेशमा विश्वासको मत दिइएको होः शंकर पोखरेल
०
काठमाडौं, जेठ ३२-
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा पार्टीले विश्वासको मत दिएकोबारे प्रष्ट्याएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले राजनीतिक अस्थिरतालाई रोक्न आफूहरूले विश्वासको मत दिएको बताए।
‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ,’ उनले भने, ‘राजनीतिक अस्थिरताका विरूद्धमा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>