चितवन विशेष
सनराइजमा सम्पन्न जिल्लास्तरीय फुटबलमा विश्व प्रकासलाई हराउँदै नारायणी नमुना विजेता

भरतपुर, जेठ ३०–
सनराइज इङ्ग्लिस स्कुल भरतपुर चितवनले २०७९ मा एसईई परीक्षामा सम्मिलित विद्यार्थीहरुवीच जिल्ला स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
जेठ २५ गतदेखि २९ गते सम्म भएको उक्त प्रतियोगितामा चितवन जिल्लाका विभिन्न ३० विद्यालयहरुको सहभागिता रहेको थियो ।
जेठ २९ गते सम्पन्न फाइनल खेलमा भरतपुर स्थित नारायणी नमुना मा.वि. टाइब्रेकरमा विश्व प्रकास मा.वि.लाई पछि पार्दै विजेता हुन सफल भयो । नक आउट आधारमा खेलाईएको उक्त खेलमा विजेता टिमलाई नगद आठ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको कार्यक्रमका संयोजक तथा सनराइज इङ्गिलस स्कुलका प्लस टु संयोजक जिवलाल चालिसेले जानकारी दिए ।
चालिसेका अनुसार खेलको उप विजेता टिमलाई नगद चार हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । साथै दुवै टिमका खेलाडीलाई कक्षा ११ मा भर्ना हुँदा प्रति विद्यार्थी बिस हजार बराबरको छात्रवृति प्रदान गरिने कुराको घोषणा समेत गरिएको चालिसेले जानकारी दिए ।
उक्त खेलमा टप स्कोररका रुपमा माध्यमिक विद्यालय गंगानगरका सुरज पावेले प्राप्त गर्न सफल भए । त्यस्तै उत्कृष्ट गोल किपरमा नारायणी नमुना माध्यमिक विद्यालयका सुजल आचार्य भए भने उत्कृष्ट खेलाडीका रुपमा सोही विद्यालयका सनिस गोदार पुरस्कृत हुन सफल भए ।
विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले सम्पूर्ण विद्यालय तथा खेलाडीहरुलाई सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै समुज्वल भविष्यको कामना गरे ।
विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख सुजन तिवारी, इन्टर्याक्ट क्लब अफ सनराइजका पदाधिकारी लगाएत सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उत्साहपूर्ण सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको चालिसेले बताए ।

























