कालिका

चितवनको खोलेसिमलमा सेन्ट्रल कलेजको स्पट एडमिसन, विद्यार्थीको उत्साहजनक सहभागिता

Banner

चितवन,जेठ २८-

सेन्ट्रल कलेजले चितवनको खोलेसिमलमा आज (आइतबार) स्पट एडमिसन कार्यक्रम गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर सेन्ट्रल कलेजले स्पट एडमिसन सहितको विशेष कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा झण्डै दुई सय विद्यार्थी सहभागि भएका थिए । कालिका नगरपालिकाको खोलेसिमलमा आयोजित कार्यक्रममा सुर्यपुर, पदमपुर, शक्तिखोर, क्लबचोक, पिठुवा लगायतका क्षेत्रबाट विद्यार्थीहरु आएका थिए । कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिताले उत्साहित बनाएको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा शैक्षिक परामर्श तथा करियर काउन्सिल, एक विद्यालय एक रोजगार कार्यक्रमबारे जानकारी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम तथा मनोरन्जनात्मक कार्यक्रम भएको थियो । विद्यार्थीलाई कार्यक्रम स्थलमै भर्ना र बिशेष छुटको व्यवस्था गरिएको प्रिन्सिपल पौडेलले बताउनुभयो । ‘सेन्ट्रल कलेजले विद्यार्थीलाई स्थानिय स्तरमै पुगेर सत्य तथ्य जानकारी र उनिहरुको करियरको बारेमा जानकारी गराएको हो,उहाँले भन्नुभयो,‘कार्यक्रमले भविष्यमा के गर्ने भनेर अन्योलमा रहेका विद्यार्थीलाई मार्गनिर्देश गरेको छ ।’ उहाँले सेन्ट्रल कलेजले विद्यार्थीलाई भर्ना गर्ने उदेश्य मात्र नराखेको भन्दै स्थानिय स्तरमा रोजगारी दिनका लागि निःशुल्क तालिम समेत दिन थालिएको बताउनुभयो । कलेजले एक विद्यालय एक रोजगार कार्यक्रम मार्फत निःशुल्क तालिम प्रदान गरेर रोजगारी दिइने जानकारी दिनुभयो । यस्तै कार्यक्रममा सहभागी विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिने कलेजले जनाएको छ । कलेजले कार्यक्रममा सहभागि विद्यार्थीलाई आउन जानका लागि आफ्नै बसको समेत व्यवस्था गरेको थियो ।

यस्तै कलेजले भोलि पश्चिम चितवनको पार्वतिपुरमा पनि कार्यक्रम आयोजना गर्दैछ । भरतपुर २१ पार्वतिपुरको सत्कार पार्टी प्यालेसमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुने कलेजले जनाएको छ ।

कार्यक्रमको मिडिया पार्टनरको रुपमा नारायणी अनलाइन,संचारपत्र दैनिक,कालिका टिभी,कालिका एफएम र डीटीएम खबर रहेका थिए ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।

बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ ।

कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ । निकट भबिष्यमा नै कलेजले विद्यार्थीका लागि छात्र र छात्रा होस्टलको व्यवस्था गरेर अध्ययन अध्यापन गराउने तयारी गरिरहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>