चितवन विशेष

चितवनमा डिएलए नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

Banner
चितवन,जेठ २६- 
नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
पू
र्वी चितवनको रत्ननगरमा आज र भोलि हुन लागेको महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
महासचिव लक्ष्मीदेवी रावलका अनुसार महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट एक हजार चार सय एक जना प्रतिनिधि सहभागी हुनेछन् । अहिले देशभरबाट प्रतिनिधि आउनेक्रम जारी छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>