देश/प्रदेश

जहाजको टिकट काट्ने ट्राभल एजेन्सीमा पर्‍यो ह्याकरको नजर

Banner

काठमाडौं, जेठ २४-

नेपालमा विभिन्न हवाई कम्पनीको टिकट बिक्री वितरण गर्ने ट्राभल एजेन्सीहरुलाई ह्याकरले लक्षित गरी आक्रमण सुरु गरेको भन्दै नेपाल प्रहरीले सचेत गराएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोर्डलाई मंगलबार एक पत्र लेख्दै यस्तो जानकारी गराएको हो ।

ट्राभल कम्पनीलाई लक्षित गरी ह्याकरले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्‍याउने र चोरी गरी विदेशको टिकट इस्यू गर्ने घटना बढेको प्रहरीको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>