राजनीति

एमालेले हटायो ७० वर्षे उमेर हद

Banner

काठमाडौं, जेठ २४–

नेकपा एमालेले ७० वर्षे उमेर हद हटाउने भएको छ । नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको प्रावधानमा बाधा फुकाइएको बताइएको छ ।

गत शुक्रवार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेकोमा विधान बाधक रहेको थियो ।

एमालेको विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर हटाउने गरी अहिलेलाई बाधा अड्चन फुकाऊ गरिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>