चितवन विशेष
एमाले चितवनको इन्चार्ज पार्वत गुरुङ, यी हुन् पालिका इन्चार्ज

चितवन, जेठ २४–
नेकपा एमालेले चितवनका नेताहरुको पनि कार्य विभाजन गरेको छ । एमालेले हिजो सार्वजनिक गरेको अन्तरपार्टी निर्देशन अनुसार नेताहरुलाई चितवन जिल्ला र पालिका इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
एमालेले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी पार्वत गुरुङलाई तोकेका छ । एमाले पोलिटव्युरो सदस्य गुरुङ पूर्व मन्त्री हुन् । पोलिटव्युरो सदस्य देवीप्रसाद ज्ञवालीले मकवानपुर इन्चार्जको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, नेकपा एमाले भरतपुर महानगरपालिका इन्चार्जको जिम्मेवारी जगन्नाथ थपलियाले पाएका छन् भने खैरहनी र राप्ती नगरपालिकाको इन्चार्ज पार्वती रावल भएकी छन् ।
कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको इन्चार्ज प्रभा बराल, माडी नगरपालिकाको इन्चार्ज यामबहादुर परियार र रत्ननगर नगरपालिकाको इन्चार्ज शिवकुमारी गोतामे (सार्की) भएकी छन् ।
माडी नगरापलिकाका इन्चार्ज यामबहादुर परियारलाई एमालेले केन्द्रिय कमिटी सदस्यमा मनोनित गरेको छ ।
जिल्ला इञ्चार्जको जिम्मेवारी
–जिल्लाभित्र मिसन ग्रासरूटका क्रममा पहिचान भएका समस्या समाधानमा अग्रणी भूमिका खेल्ने ।
–जिल्लामा पार्टीको वार्षिक कार्ययोजना कार्यान्वयन गर्न अगुवाइ गर्ने । यसका लागि जिल्लामा खटिएका अन्य केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरूसँग समन्वय गर्ने ।
–विगतदेखि नै इञ्चार्जले सम्पादन गरी आएका काममा अतिरिक्त मिसन ग्रासरूटका क्रममा देखापरेका पार्टीभित्रका समस्या समाधानका लागि भूमिका खेल्ने । यसका लागि प्रदेश इञ्चार्ज र प्रदेशमा गठन गरिएको संयन्त्रसँग समन्वय गर्ने, सहयोग गर्ने ।
पालिका इञ्चार्जका जिम्मेवारी
–सम्बन्धित पालिकाहरू भित्र मिसन ग्रासरूटका क्रममा पहिचान भएका समस्या समाधानमा अग्रणी भूमिका खेल्ने ।
–सम्बन्धित पालिकाहरूमा पार्टीको वार्षिक कार्ययोजना कार्यान्वयन गर्न अगुवाइ गर्ने । यसका लागि पालिकामा खटिएका प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरूसँग समन्वय गर्ने ।
–विगतदेखि नै इञ्चार्जले सम्पादन गरी आएका काममा अतिरिक्त मिसन ग्रासरूटका क्रममा देखापरेका पार्टीभित्रका समस्या समाधानका लागि भूमिका खेल्ने । यसका लागि जिल्ला इञ्चार्ज र संयन्त्रसँग समन्वय गर्ने, संयन्त्रका काममा सहयोग गर्ने ।



























