समाचार

पानी पार्न भ्यागुतोको विवाह

Banner

सिन्धुली, जेठ २३–

लामो समयसम्म खडेरी परेपछि दुधौली नगरपालिका–४ डकाहामा पानी पार्न भ्यागुताको विवाह गरिएको छ । खडेरीले अन्नबाली सुक्न थालेपछि स्थानीयले भ्यागुतोको विवाह गरिदिएका हुन् ।

भ्यागुतको विवाह गरेमा पानी पर्छ भन्ने जनविश्वास रहेको छ । ब्राह्मणहरूले वैदिकमन्त्र पाठ गरी रुद्रीपूजा गरी एक जोडी भ्यागुताको धुमधामसँग विवाह गरिदिएका हुन् ।

लामो समयसम्म पानी नपरेका कारण रुद्रीपूजा आयोजना गरी भ्यागुतोको विवाह गरिदिएको स्थानीय थानेश्वर काफ्लेले बताए ।

स्थानीयमा वैदिक मन्त्र पढी भ्यागुतोको जोडीको विवाह गरिदिएमा पानी पर्ने जनविश्वास रहेकाले करिब तीन–चार घन्टासम्म होमहोमादी गरी भ्यागुतोको जोडीको विवाह गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>