चितवन विशेष
करेन्ट सर्ट भई आगो लाग्दा साढे तीन लाख बराबरको क्षति
०

चितवन,जेठ २२-
चितवनको माडी नगरपालिका १ चितईमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा साढे ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोही ठाउँका राजकुमार विकको घरछेउमा रहेको फर्निचरमा सोमबार बिहान साढे पाँच बजेतिर आगलागी भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
आगलागीमा परी दुईवटा बाख्रा जलेर मरेका छन् । आगो राजकुमारको भान्साकोठा र बाख्रा गोठसम्म फैलिएको थियो । कुनै मानवीय क्षति नभए पनि आगलागीमा परी साढे तीन लाख रूपैयाँ बराबरको नोक्सानी भएको डीएसपी पण्डितले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>