चितवन विशेष

महोत्सव गर्दा नारायणी नदीमा पुरिएको फोहोर उठाइयो

Banner

चितवन, जेठ २१–

चितवन महोत्सव आयोजना गर्दा नारायणी नदी किनारमा पुरिएको फोहोर उठाइएको छ । महोत्सव आयोजक उद्योग वाणिज्य संघ चितवलने नदी किनारको मैदान सम्याउन फोहोर पुरेको थियो ।

नदी किनारमा पुरेको फोहोर उठाउन सर्वाेच्च अदालतले आदेश दिएपछि संघले फोहोर उठाएको हो । पुरेको पाँच महिनापछि संघ आफैले फोहोर उठाएर भरतपुर महानगरपालिकाले विसर्जन गर्दै आएको नगरवनमा लगेर फालेको छ ।

पुरेको फोहोर निकालेर अन्यत्र विसर्जन गर्न नदी संरक्षणकर्मीले माग गर्दे आएका थिए । ढिलै भएपनि नदीमा पुरिएको फोहोर हटाएर सुरक्षित रुपमा व्यवस्थापन गर्ने काम सुरु भएको संरक्षणकर्मी सागर कार्कीले बताए ।

‘ढिला नै भए पनि नारायणी नदीमा पुरिएको फोहोर त्यहाँबाट हटाएर सुरक्षित रूपमा व्यवस्थापन गर्ने काम सुरु भएको छ । फोहोर माटोले कति पुरिएको थियो भन्ने कुरा तस्बिरबाट पनि देख्न सकिन्छ । दुर्गन्धले फोहोर निकाल्न समेत मुश्किल भइरहेको प्रष्ट अपरेटरको बडी ल्याङ्वेजले पनि प्रष्ट बुझ्न सकिन्थ्यो । छिट्टै सबै फोहोर उठ्नेछ भन्नेमा विश्वस्त छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>