चितवन विशेष

चितवनमा नागरिकता विधेयक र भारतको नक्साको विरोधमा युवा संघको मसाल जुलुस

Banner

चितवन, जेठ २०–

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमााणीकरण गरेको नागरिकता विधेयक र ‘अखण्ड भारत’को नक्साको विरोधमा शुक्रबार भरतपुरको चौविसकोठीमा मसाल जुलुस निकालिएको छ । नेकपा एमाले निकटको युवा संघ चितवनले शुक्रबार साँझ मसाल जुलुस निकालेको हो ।

निश्क्रिय भइसकेको विधेयक राष्ट्रपति पौडेलले गैरसंवैधानिक तरिकाले प्रमाणित गरेकाले उक्त कार्यको विरोध गरिएको युवा संघका नेता शंकर अधिकारीले बताए । त्यस्तै, भारतले आफ्नो संसदमा राखेको अखण्ड भारतको नक्सामा नेपालको भूभागलाई समेटेकाले विरोध स्वरुप मसाल जुलुस निकालिएको उनले बताए ।

प्रहरीले मसाल जुलुस खोस्ने क्रममा प्रहरी र युवा संघका नेता कार्यकर्ता बीच घम्साघम्सी समेत भएको थियो । युवा संघले आयोजना गरेको विरोध प्रर्दशनमा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमल पाठकलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>