चितवन विशेष
नमूना जहाज बनाउने चितवनका अभय परियारलाई बुद्ध एयरले दियो १ लाख
०

चितवन, जेठ १८–
बुद्ध एयरको नमूना जहाज बनाउने चितवनका अभय परियारलाई बुद्ध एयरले १ लाख रुपैयाँसहित सम्मान गरेको छ । परियारले बुद्धको एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाएका थिए ।
१८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन्।
कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले बताए। ‘हामी उहाँको मेहनतका लागि धन्यबाद दिन चाहान्छौं। उहाँको उज्वल भविष्यको कामना गर्न चाहान्छौं,’ बुद्ध एयरले भनेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>