चितवन विशेष

भरतपुरको भाटभटेनीमा बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

Banner

चितवन, जेठ १८–

भरतपुरस्थित भाटभटेनी सुपरमार्केटले खाद्यान्न जस्तो संवेदनशिल वस्तुको व्यवस्थापनमा लापरबाही गरेको पाइएको छ । भाटभटेनीले न्युन गुणस्तरीय र म्याद सकिएको सामान बेचेको भन्ने गुनासो आएपछि बुधबार भरतपुर महानगरपालिकाले खाद्यान्नको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा बिग्रिएको निउरो र साग फेला परेको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए । बिग्रिएको एक÷एक मुठा निउरो र साग अनुगमन टोलीले जफत गरेको थियो ।

त्यस्तै, भाटभटेनीले भारतीय माछा प्याकिङ गरेर विक्री गर्ने गरेको पाइएको छ । नेपालका माछा पालक किसानले भारतीय माछा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका बेला भाटभटेनीले भने धमाधम भारतीय माछा विक्री गरिरहेको छ ।

अनुगमन टोलीले भाटभटेनीको स्टोर रुमको पनि निरीक्षण गरेको थियो । स्टोर रुपमा खाद्य र अखाद्य वस्तु दुवै एकै ठाउँमा राखेको र अव्यवस्थित पाइएको वडाध्यक्ष खनालले बताए । ‘खाने चिजहरु अत्यन्तै अव्यवस्थित र केहि कुहिएको पनि भेटियो’, उनले भने, ‘अर्काेतिर प्रतिबन्ध नै लगाउनुपर्ने भारतीय माछा पनि ल्याएर विक्री गरेको पायौँ ।’

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख घननाथ अधिकारी, भरतपुर महानगरको अनुगमन समितिका सदस्य बिष्णु बहादुर भुजेल, पशु सेवा शाखाका अधिकृत शिव अर्याल, उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसाललगायतको सहभागीता थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>