चितवन विशेष

पूर्वी चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

Banner

चितवन, जेठ १७–

पूर्वी चितवनको राप्ती नगरपालिकामा ट्रकको ठक्करबाट गएराति एक वृद्धको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक मंगलबार राति करिब ९ः४५ बजे ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ख १८६३ नम्बरको ट्रकको ठक्करबाट स्थानीय अन्दाजी ६५ वर्षिय हरि प्रसाद पाण्डे गम्भीर घाइते भएका थिए ।

घाइते पाण्डेलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>