चितवन विशेष

बजेटमा परेन चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला, के–के योजना परे ?

Banner

चितवन, जेठ १६–

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । बजेटमा चितवनको शक्तिखोर र मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको वातावरण प्रभाव मूल्यांकनको काम गरी सार्वजनिक निजी साझेदारीमा विकास तथा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताइएको छ ।

यस्तै, भरतपुर विमानस्थलको स्तरोन्नती गरी क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने योजना प्राथमिकतामा परेको छ । भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग केन्द्र आगामी वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।

यसैगरी, भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेशिन तथा साइक्लोटोन उत्पादन गर्ने मेशिन खरिद गर्न आवश्यक बजेट व्यवस्था गरिने भएको छ ।

भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गरिने भएको छ । बजेटमा भरतपुरको गौतमबुद्ध क्रिकेट रंगशाला अटाएको छैन ।

अर्थमन्त्री डा प्रकाश शरण महतले बजेटमा नारायणी नदीमा सिग्नेचर पुल निर्माण सुरु गरिने जनाएका छन् । यस्तै, चितवनको सौराहामा साइकल लेन बनाइने भएको छ भने नारायणी नदीको किनारमा आकर्षक उद्यान निर्माण तथा सौन्दर्यकरण गर्न बजेट विनियोजन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>