अर्थ

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

Banner

काठमाडौं, जेठ १५–

आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको अवस्था छ । अहिलेको स्थितिमा सोही सीमाभित्र रहेरै बजेट ल्याउनु सान्दर्भिक र व्यावहारिक देखिएको बजेट निर्माण टिमका एक सदस्यले जानकारी दिए ।

‘मूलभूत रूपमा आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउनुपर्छ र कुन पक्षलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भन्ने विषयमा गम्भीर छलफल र तयारी भएको छ । अहिलेको स्थिति र व्यावहारिक पक्षलाई मनन गर्दै राष्ट्रिय योजना आयोगले दिएको सीमाभन्दा माथि गएर बजेट ल्याउन हुँदैन भन्ने नै छ । आगामी आर्थिक वर्षको बजेट १७ खर्ब हाराहारीकै आउँछ,’ स्रोतले भन्यो ।

बजेटले पुँजीगत (विकास खर्च)लाई विशेष प्राथमिकता राख्दै चालु खर्च कसरी कम गर्न सकिन्छ भनेर व्यापक खर्च कटौती तथा मितव्ययिता अपनाइएको स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>