चितवन विशेष

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

Banner

चितवन, जेठ १-

पुर्वी चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–३ शान्तीचोक स्थित पुर्वपश्चिम राजमार्गमा टाँडीबाट खैरहनी तर्फ जाँदै गरेको ना. ३७ प ४९०९ नं.को मोटरसाइकलाई ना ४ ख ४१२८ नम्बरकको कोकाकोला बोक्ने डिब्बा ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक खैरहनी नगरपालिका ८ बस्ने ३३ वर्षीय प्रविण कुँवरको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>