चितवन विशेष

कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा लाइसियम स्कुलमा निर्वाचन

Banner

रत्ननगर, जेठ १३ –

रत्ननगर नगरपालिका–१ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले शुक्रवार विद्यालयमा प्रजातान्त्रीक प्रणालीको अभ्यास गर्दै निर्वाचन सम्पन्न गरेको छ ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको निर्वाचनमा ३२ जना उम्मेदवारहरुका विचमा प्रतिष्पर्धा भएको विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले जानकारी दिएका छन्।

निर्वाचनबाट हेड ब्वाय र हेड गर्ल, चार वटा हाउसका क्याप्टेन र भाईस क्याप्टेन गरी १० जनाको पदाधिकारी छनौट भएका छन् ।

विगत एक हप्ता देखि क्रमस मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता, उम्मेदवारी उपर दावी विरोध, अन्तिम नामावली प्रकाशन, निर्वाचन चिन्ह प्रदान, प्रचार प्रसार, मौन अवधि जस्ता कार्यक्रमहरु प्रकाशित र कार्यान्वयन गर्दै मतदान कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

एक जना मुख्य निर्वाचन अधिकृत सहित चार जना मतदान अधिकृत र चारवटा मतदान केन्द्र तोकि भएको मतदानमा प्रत्येक हाउसका विद्यार्थीहरुले आफ्नो हाउस क्याप्टेन र भाईस क्याप्टेत तथा एकजना हेड ब्वाय र हेड गर्ल छनौट गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत शिक्षक भिमा कुमारी थापाले घोषणा गरेको मतगणनाको अन्तिम नतिजा अनुसार कक्षा ८ का छात्र पियुस पाण्डेले २०७ मत प्राप्त गरी हेड ब्वाय, कक्षा ८ कै छात्रा साइमा लामाले १०९ मत प्राप्त गरी हेड गर्ल चुनिएका थिए।

यलो हाउस तर्पm अंशु प्रसाद चौधरी र ऋतिका चौधरी, ब्लुु हाउस तर्फ सन्दिपा कुमाल र श्रीमुर्ति न्यौपाने, ग्रीन हाउस तर्फ उच्चारण हुमागाई र दिनोज महत, रेड हाउस तर्फ एन्जीला शर्मा र सक्षम चौधरी हाउस क्पाप्टेन र भाईस क्याप्टेनमा विजयी भएका थिए ।

विजयी उम्मेदवारहरुलाई विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्त तथा प्रधानाध्यापक शंकर पौडेलले अविर लगाएर बधाई तथा शुभकामना दिएका हुन् । सपथ तथा पदभार ग्रहणको कार्यक्रम आगामी मंगलवार हुने पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>