चितवन विशेष

जसले जुटपानीका १८ सय घरधुरीमा खानेपानी पुर्‍याए

Banner

चितवन, जेठ १३–

२०६७ सालमा जुटपानीको खानेपानी आयोजना सुरु हुनुअघि पानीको हाहाकार थियो । साइकल र डोकोमा पानी बोकेर स्थानीयलाई खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो । दुई किलोमिटर टाढासम्म पुगेर स्थानीयले खानेपानी ल्याउनुपर्ने दुःख अन्त्यका लागि यदु प्रसाद खतिवडाले त्यसबेला नेतृत्व थाले । त्यहीबाट सुरु भएको अभियानले अहिले घरघरमा खानेपानीको सुविधा पुगेको छ ।

खतिवडालाई पानीको अभियन्ताको रुपमा चर्चा गरिन्छ । खतिवडाले समिति बनाएर काम गर्ने सोचका साथ नेतृत्व गरेका गरेका थिए। यही क्रममा अलपत्र अवस्थामा रहेको जुटपानीको खानेपानी आयोजनालाई अगाडि बढाउने प्रयासको क्रममा समिति बनाउँदा जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापक अध्यक्षको रुपमा जिम्मेवारी लिएर खतिवडाले काम सुरु गरे ।

चितवनको कालिका नगरपालिका–६ निवासी यदु प्रसाद खतिवडाले जीवन नै खानेपानीकै सेवामा बिताएका छन् । खानेपानी र सिचाईसंग सम्बन्धि गाउँमा सञ्चालन हुने हरेक गतिविधीमा उनको सक्रियता निरन्तर रहँदै आएको छ । वाँसघारी मझुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति लगायत स्थानीय स्तरमा भएका अन्य खानेपानीसंग सम्वन्धी आयोजनामा आवद्ध रहेर गाउँमा पानीको व्यवस्थापन गर्न उनको भुमिका महत्वपूर्ण रहदै आएको छ ।

जुटपानी खानेपानीको समिति बन्दा पानीको पाइप, धारा, श्रोत, संरचना, जनशक्ती, बजेट केही थिएन । पुरानो संरचना अलपत्र अवस्थामा थियो । साविकको जुटपानी गाविससंग समन्वय गर्दै जिल्लामा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरको सहयोगमा पुराना संरचनाको सरसफाई र मर्मत गरेर तत्कालको लागि अस्थायी रुपमा पानी खुवाउने व्यवस्था गरेको खतिवडा बताउँछन् । विस्तारै सबैको सहयोग र मेहनत एवम् सहकार्यमा नयाँ पाइपको व्यवस्थापन गरेर पाइप विस्तार गरेको उनले बताए । ६५ हजार मिटर पाईप विस्तार गरेर १८ सय घरधुरीमा पानी पुर्‍याउने काम आफ्नो कार्यकालमा गरेको खतिवडाले बताए ।

आफु अध्यक्ष हुँदा समितिको कार्यालय समेत नभएको अवस्थामा कार्यालय स्थापना गरेर ७ जना कर्मचारीले काम गर्न सक्ने स्तरको संरचना तयार पारेको खतिवडाले बताए । १८ सय उपभोक्ताहरुको घरमा पानीको मिटर जडान गरी मासिक लगभग ४ लाख रुपैयाँ राजश्व संकलन गर्न सक्ने अवस्थामा पुगेको बताउदै उनले खानेपानीसंग सम्वन्धी राज्यका विभिन्न निकायहरुसंग समन्वय सहकार्य गर्नसक्ने हैसियतमा समितिलाई अगाडि बढाएको उनले बताए ।

उपभोक्ताहरुबाट संकलन गरिने शुल्कलाई पारदर्शी बनाउन कम्प्युटर प्रणाली जोडिएको र अनलाईन प्रणालीबाट मिटर रिडिङ र शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको उनले बताए । पानीको शुद्धीकरण परिक्षणको लागि कर्मचारीलाई सिपसहितको व्यवस्थापन गरेको उनले जानकारी दिए ।
अलपत्र अवस्थामा रहेको खानेपानी संरचनालाई व्यवस्थित रुपमा अगाडि बढाई उपभोक्ताको घरसम्म पानी पुर्‍याउन आफ्नो कार्यकालमा सफल भएकोले आफु खुसी भएको बताउदै उनले आफुले जिम्मेवारी हस्तान्तरण गर्दा संस्थाको खातामा ६० लाख रुपैँया जम्मा गरेर छाडेको बताए ।

बीचमा ५ वर्ष नेतृत्वमा नरहेपनि आफुले बाहिरबाट सकेको सहयोग गर्दै आएको बताउदै खतिवडाले यो खानेपानी संरचनाको जगदेखिको ज्ञान आफुलाई भएको र कहाँ के गर्न आवश्यक छ भन्ने कुरा थाहा भएकोले आमउपभोक्ताको हितमा काम गर्नका लागि पुनः नेतृत्वमा रहेर काम गर्न इच्छा राखेको उनले बताए । हरेक उभोक्तालाई २४ घण्टा नै नियमित र गुणस्तर पानी उपलव्ध गराउने लक्ष्यका साथ काम गर्न आफुले उम्मेदवारी दिएको जानकारी खतिवडाले दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>