शिक्षा

रुइतको जीवनी कक्षा १० को पाठ्यक्रमबाट हटाएर कक्षा ७ र ८ मा राखियो

Banner

काठमाडौं, जेठ ९–

विश्वविख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमीका सुरुवातकर्ता डा सन्दुक रुइतको जीवनीलाई कक्षा १० को नेपाली पाठ्यक्रमबाट हटाइएको छ।

पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट डा रुइतको जीवनी हटाएसँगै केन्द्रको चौतर्फी आलोचना समेत भइरहेको छ। संभवत नेपालीहरुमध्ये विश्वमै सबैभन्दा चर्चित ब्यक्ति जसलाई विश्वका ठूला ठूला देशका राष्ट्रप्रमुखहरु भेट्न ललायित छन् तिनै डा रुइतको जीवनीलाई माध्यमिक तहबाट हटाइनुलाई स्वयं विद्यालयका प्रधानाध्यापकहरुलाई निराष बनाएको छ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुन्ठ अर्यालले केन्द्रले डा रुइतलाई सम्मान गर्दै उनले हालै प्राप्त गरेका विश्वप्रसिद्ध ईशा अवार्ड समेतलाई समेटेर कक्षा ७ र कक्षा ८ को पाठ्यक्रम र पाठ्यपुस्तका समावेश गरेको दाबी गरे। ‘नयाँ पाठ्यक्रमले कक्षा ७ र ८ मा नेपाली र अंग्रेजी दुबै विषयमा डा रुइतको जीवनी समेटिएको छ ,’ महानिर्देशक अर्यालले स्पष्ट पारे ‘नयाँ पाठ्यक्रम अनुसार कक्षा १० बाट हटाइयो। अन्य गौरबशाली ब्यक्तीत्वलाई पनि स्थान दिएको छ।

कक्षा १० को नेपाली पाठ्यपुस्तकमा पाठ ३ मा सन्दुक रुइत भन्ने ८ पृष्ठको जिवनी समेटिएको थियो। नेपाल र नेपालीको गौरबलाई विश्वसामु चिनाउने डा रुइत विसं २०११ भदौं १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा जन्मेका हुन्। उनले तिलगङ्गा आँखा अस्पतालको स्थापना र रुइतेक्टोमीको अविस्कार गरि उनी विश्वमा चर्चित त भए साथै उनी अझै पनि उनी आँखा शिविरनै संचालन गरी गाउँ ठाउँमा घुम्ती शिविरमार्फत सुगमदेखि दुर्गम क्षेत्रसम्म आँखाको उपचार गर्दै आएका छन्।

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रअ हेरम्बराज कँडेलले पाठ्यक्रमले कक्षा १० को नेपालीबाट डा रुइतको जीवनी हटाए पनि कक्षा १० कै विज्ञानमा केहि अंश समावेस गरिदिएको जनाए । साथै उनले हाल नयाँ पाठ्यक्रमले कक्षा सात र आठको पाठ्यक्रम र पाठ्यपुस्तका डा रुइतको जिवनी समेटेको जनाए। ‘साना कक्षामा राखेर मावि तहबाट डा रुइतको जिवनी हटाएको बुझिन्छ ,’ प्रअ कँडेलले भने ‘तर विद्यार्थीलाई यस्ता राष्ट्रको गौरव र प्रेरणादायी ब्यक्तिको जिवनी मावि तहमै फलदायी हुन्छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>