राजनीति

उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदियोः सांसदअमरेश सिंह

Banner

 काठमाडौं, जेठ ७-

सांसद अमेरस कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको शून्य समयमा बोल्दै उनले अहिलेसम्म उनीहरुले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरे ।

धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाएको बताउँदै उनले भने, ‘पैसा नभएर कसरी धानबाली लगाउने रु कसरी मल किन्ने कसरी बिउ किन्ने रु त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस् ।

उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदिएको उनको भनाइ छ । ‘किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहिनेत गरेर उँखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>