देश/प्रदेश

रास्वपातर्फ लक्षित गर्दै शंकर पोखरेले भने-अमिताभ बच्चन पनि राजनीतिमा आएका थिए

Banner

दाङ, जेठ ७-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिष्ट पोलिटिष्क’ मुलुकलाई नफाप्ने बताएका छन् ।

वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएका रास्वपा र स्वतन्त्रहरु प्रति लक्षित गर्दै उनले मुलुकमा देखिएको समस्या र संकटलाई पपुलिष्ट पोलिटिष्कले निकास दिन नसक्ने बताएका हुन् ।

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘समाजको कुनै क्षेत्रमा चर्चा हासिल गर्ने र राजनीतिमा आउने अहिले जुन होडबाजी चलिरहेको छ, यसले मुलुकमा उत्पन्न समस्याको समाधान गर्न सक्दैन ।’

यसको उदाहरण उनले बलिउडका अभिनेता अमिताभ बच्चनलाई राजनीति नफापेको भन्ने दिए । ‘कुनै समय बलिउडका बादशाह अमिताभ बच्चन पनि चुनाव जितेर राजनीतिमा आएका थिए,’ उनले भने, ‘तर राजनीति त्यसरी चल्दो रहेनछ भनेर बुझेपछि उनी फेरि कलाकारितामै फर्किए । त्यो यर्थाथलाई हामी सबैले बुझ्न जरुरी छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>