राजनीति
सरकारको घोषणा-काठमा आत्मनिर्भर बनाउने र वन लिजमा दिइने
०

काठमाडौंजेठ ५-
सरकारले आगमी आर्थिक वर्षभित्र काठमा आत्मनिर्भर बनाउने तथा वन लिजमा दिने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलकलाई काठमा आत्मनिर्भर बनाउने घोषणा गरेका हुन् ।
उनले भने, ‘ तीनै तहको सरकारको समन्वय र समुदायको सहभागिता सहित वनको सम्वर्द्धन गरिनेछ । दिगो वनको उचित व्यवस्थापन अनुरुप काष्ठ र गैरकाष्ठ उत्पादन, विकास, विस्तार आपुर्तीमा मुलुकलाई काठमा आत्मनिर्भर बनाइनेछ।’
निजी वनको प्रवर्द्धन गर्न साझेदारीमा लगानी गर्नेसमेत उनको भनाइ छ । उनले भने, ‘नीति तथा कार्यक्रममार्फत ढला पडा रुखको आवश्यक प्रक्रिया पूरा गरी आगमी दुई वर्षभित्र विक्री वितरण गरिनेछ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























