राजनीति

विदेशी लगानीलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गरिने

Banner

काठमाडौं,जेठ ५-

सरकारले उच्च व्याजदर र तरलता संकुचनलाई आगामी बजेटले सम्बोधन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलता संकुचन, उच्च व्याजदर मूल्यवृद्धि, न्युन पूँजीगत खर्च, घट्दो राजस्व परिचालन र बाह्य क्षेत्रको चापलाई सम्बोधन गर्ने बताएका छन् ।

यस्तै सरकारले नीति तथा कार्यक्रममा वित्तीय, मौद्रिक नीति तथा अन्य विषय र क्षेत्रगत नीति तथा कार्यक्रमको कार्यान्वयन गरी समष्टिगत आर्थिक स्थायित्व कर्याान्वयन गरिने उनले बताए ।

विदेशी लगानीलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>