चितवन विशेष

भरतपुरका २ सहकारीले पाए मिल्क एनालाईजर

Banner

चितवन, जेठ ५-

भरतपुर महानगरपालिकाले २ वटा दुग्ध सहकारीलाई मिल्क एनालाईजर हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारीलाई मिल्क एनालाईजर सेट हस्तान्तरण गर्नुभएको हो ।

भरतपुर¬ २० को लक्ष्मी देवि दुग्ध सहकारी र भरतपुर १५ को किसान कल्याण दुग्ध सहकारीलाई मिल्क एनालाईजर सेट हस्तारण गरिएको महानगर सहकारी शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिनुभयो । सेटमा डिजिटल तराजु, कम्प्युटर, प्रिन्टर, ईन्भटर तथा एनालाईजर उपकरण पनि हस्तान्तरण गरिएको छ ।

भरतपुर महानगरपालिकाको निर्देशिका अनुसारा उत्पादनमा आधारित सहकारीलाई मागको आधारमा उपकरणहरु दिने व्यवस्था मिलाईएको छ ।
सहकारीहरुले यस अघि प्रयोग गर्ने ल्याक्टो मिटरले दूधको शुद्धता मापन गर्न धेरै समय र झन्झटिलो हुने गरेको थियो । मिल्क एनालाईजरको प्रयोगबाट तुरुन्तै दूधको शुद्धता, पानीको मात्रा, फ्याट, प्रोटिनलगायतको पत्ता लगाउन सकिन्छ । यो उपकरणको प्रयोगले कृषकले दूधको गुणस्तर अनुसार मूल्य पाउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>